Section 16
प्रमाण–पत्र र रोजनामचाहरु फिर्ता गर्ने
(१) कुनै नेपाली पानी जहाजको दर्ता बदर भएमा
त्यसको सबै प्रमाण–पत्र र रोजनामचाहरु नेपाल पानी जहाज कार्यालयमा दाखिल गर्नु पर्छ ।
तर, विदेशमा हस्तान्तरण भएका पानी जहाजका हकमा त्यस्तो प्रमाण–पत्र र
रोजनामचाहरु दाखिल गर्नु पर्दैन ।
(२) समुद्रयात्रा गर्ने कुनै नेपाली पानी जहाजको कुनै रोजनामचा पूरा उपयोग गरी
सकिएपछि १ वर्षसम्म सो पानी जहाजमा नै राखी त्यसपछि नेपाल पानी जहाज कार्यालयमा
दाखिल गरिनेछ ।
(३) यस दफाबमोजिम प्राप्त भएका पानी जहाजका प्रमाण–पत्र र रोजनामचाहरु नेपाल
पानी जहाज कार्यालयले प्राप्त भएको मितिले १० वर्षसम्म सुरक्षित राख्नेछ ।